वाग्मतीमा मतविभाजन आज
नुवाकोट । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मतविभाजन गरिने भएको छ ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् ।
विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताइसकेको छ । नेपाल मजदुर किसान पार्टी र राप्रपाले कुनै प्रतिक्रिया दिएका छैनन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।
आफ्नो सरकार ढल्ने निश्चित भएसँगै कसरी अगाडि बढ्ने भनेर शाक्यले आफू निकट सांसदहरूसँग छलफल गरिरहेकी छन् । केही सांसदले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका छन् भने केहीले विश्वासको मत सामना गर्नुपर्ने औंल्याएका छन् । ‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न । गठबन्धनलाई बहुमत पुर्याएर देखाउन हामी चुनौती दिन्छौं,’ एमाले मुख्य सचेतक दीपक निरौलाले भने ।
विपक्षी गठबन्धन भने सत्तापक्षले प्रदेशसभा वैठक सार्न चलखेल गरिरहेको भन्दै सांसदको हस्ताक्षर संकलन गरिसकेको छ । ‘प्रदेशसभाको वैठकमा मतविभाजन नगरेर सार्ने कोसिस भयो भने हामी प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि आग्रह गरेर जान्छौं । सरकार स्पष्ट रुपमा अल्पमतमा परिसकेको छ । हामीसँग बहुमत छ,’ माओवादी केन्द्रका नेता शालिकराम जम्म्कट्टेलले भने ।
मतविभाजन कार्यविधि तयार
प्रदेशसभाले अविश्वासको मत विभाजनका लागि कार्यविधि तयार गरेको छ । कार्यव्यवस्था तथा परामर्श समितिअन्तर्गत रहेर गठन गरिएको उपसमितिले ‘दस्तखतसहितको मत विभाजन सम्बन्धि कार्यविधि–२०७८’ तयार गरेको संयोजक छिरिङदोर्जे लामाले जानकारी दिए । उनका अनुसार उक्त कार्यविधि बुधबार सभामुख सानुकुमार श्रेष्ठलाई हस्तान्तरण गरिनेछ । ‘हामीले प्रदेशसभामा दीर्घकालिन रुपमा प्रयोग हुने गरी कार्यविधि तयार गरेका छौं’, लामाले भने ।

उनका अनुसार कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ । उपसमितिमा राजेन्द्र पाण्डे, बुद्धिमान माझी, गणेश दुलाल, रिना गुरुङ, रिता माझी, सुरेन्द्रराज गोसाईं र शोभा शाक्य सदस्य थिए
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया