पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
विदुर खबर
२०७८ असोज २९ गते २०:५७
नुवाकोट । पछिल्लो २४ घण्टामा चार हजार ७१२ जनाको नमूना परीक्षण गर्दा देशभर २७२ जनामा कोभिड सङ्क्रमित देखिएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ । आज मात्रै ७७७ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३०८ पुगेको छ ।

त्यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको् छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया