पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

विदुर खबर २०७८ असोज ६ गते २०:४०

नुवाकोट । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६७ जनाको पीसीआर परीक्षणमा १ हजार २५१ र २ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Advertisement

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया