देशभरमा १,५५८ कोरोना संक्रमित थपिए, १० जनाकाे निधन
विदुर खबर
२०७८ असोज १ गते २०:५२
शुक्रबार देशभरमा एक हजार ५५८ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा भएको कुल १२ हजार ३८५ परीक्षणमध्ये एक हजार ८६ जना पीसीआर परीक्षणका माध्यमबाट र ४७२ जना एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।
एकदिनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १० रहेको छ । हालसम्म नेपालमा कुल ११ हजार १२ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या एक हजार ३५१ रहेको छ । अहिलेसम्म कुल सात लाख ४६ हजार ५६६ जनाले संक्रमण जितिसकेका छन् ।
आज थपिएका संक्रमितमध्ये २७४ जना काठमाडौंका, ललितपुरका ७० जना र भक्तपुरका ५३ जना हुन् ।
देशमा आजसम्म कुल पीसीआर परीक्षणका माध्यमबाट सात लाख ८३ हजार ७५ जनामा र एन्टिजेन परीक्षणका माध्यमबाट ८८ हजार ६५९ जनामा कोभिड पोजिटिभ पाइएको हो । हाल २५ हजार ४९६ जना सक्रिय संक्रमित रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया