आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै
नुवाकोट । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन ।
आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा समेत गरिन्छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास रहेको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा रहेको छ ।
विश्वकर्मा पुजाको अवसरमा बर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन रहेको छ । देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मुर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।
आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गदर्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया