पछिल्लो २४ घण्टामा १२६८ संक्रमित थपिए, ९ जनाको निधन
 
		
	नुवाकोट । कोभिड १९ भाइरसको संक्रमण आज एक हजार २६८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७५ जनामा परीक्षण गर्दा एक हजार २६८ जनामा संक्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ जना रहेका छन् ।
 संक्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ जना निको भइ घर फर्किएका हुन् ।
संक्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ जना निको भइ घर फर्किएका हुन् ।
शुक्रबारको तुलनामा निको हुने दर आज बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । शुक्रबार निको हुने दर ९४.३ प्रतिशत थियो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको निधन भएको छ । निधन हुनेको संख्या यो महिनाकै कम हो । शुक्रबार २३ जना संक्रमितको निधन भएको थियो ।
अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ५५४ जना सघन उपचार कक्ष (आइसियु), १७२ जना भेन्टिलेटर, २९ हजार ६५८ जना होम आइसोलेसन, दुई हजार १६८ जना संस्थागत आइसोलेसन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया