अर्घाखाँचीमा हाइस दुर्घटना १ को मृत्यु, ५ घाइते
विदुर खबर
२०७८ भदौ १९ गते ९:२६
नुवाकोट । अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सन्दिखर्कतर्फ जाँदै गरेको गरेको बा ३ ख ८६३९ नम्बरको हाइस दुर्घटना हुँदा मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय सञ्जय विक छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर थापा क्षेत्रीले दुर्घटनमा भूमिकास्थानका २७ वर्षीय श्याम नेपाली र सन्दिखर्क–१ का ३२ वर्षीया सीता मुखिया गम्भीर घाइते भएका छन् ।
गम्भीर गाइते र अन्य घाइते सन्दिखर्क – १२ का ६० वर्षीय गोविन्द बस्यालसहित ५ जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
Advertisement
हाइसमा ११ जना सवार रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया