नेपाली कांग्रेसको महाधिवेशन आजदेखि सुरु हुँदै
नुवाकोट । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक शुरुवात आजदेखि (शुक्रबार) गाउँ/नगर वडा अधिवेशनबाट हुने भएको छ ।
झण्डै १० लाख क्रियाशील सदस्य रहेको नेपाली कांग्रेसको महाधिवेशन डेढ वर्ष ढिलो गरी साढे पाँच वर्षपछि हुन लागेको हो ।वडा अधिवेशनबाट शुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ । केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म हुनेछ ।
क्रियाशील सदस्यताको विवरण टुङ्गो लागेका ५६ जिल्लामा समयमै गाउँ/नगर अधिवेशन शुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कतिपय गाउँ/नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको र कतिपयमा निर्वाचनका लागि तयारी पूरा भएको बताए । क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुनेछ ।
भदौ २७ मा गाउँ/नगरपालिका अधिवेशनको मिति तय भएकाले बाढी, पहिरो तथा कोभिड-१९ संक्रमणको अवस्थालाई समेत दृष्टिगत गरिकन केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर २७ गते अगाडि उपयुक्त मितिमा वडा अधिवेशन गर्न लचक कार्यतालिका रहेको शर्माले बताए ।
केन्द्रीय कार्यसमितिका सबै जना, संघीय सांसद र संघीय सांसदको निर्वाचन लडेका सबै, प्रदेश सभा सांसद र प्रदेश सभाको निर्वाचन लडेका सबै, राष्ट्रिय सभा सांसद र राष्ट्रिय सभाको निर्वाचन लडेका सबै स्वतः क्षेत्रीय (वडा) प्रतिनिधि हुन्छन् । तर उनीहरूले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन चाहेमा वडाको निर्वाचनमा भाग लिन सक्छन् ।
यसबाहेक पार्टीका हरेक संरचनामा उम्मेद्वार बन्न क्षेत्रीय प्रतिनिधि बन्न अनिवार्य हुन्छ । त्यसकारण कांग्रेसका नेता तथा कार्यकर्ता गाउँ-गाउँमा पुगेका छन् । अघिपछि निस्क्रिय देखिए पनि अधिवेशनका कारण कांग्रेसी नेता-कार्यकर्ता गाउँ-टोलभरी पुगेका छन् ।
निर्वाचनमा कांग्रेसका कार्यकर्ता दुबो जसरी देखापर्ने गरेको भन्दै कम्युनिस्ट पार्टीका नेताहरूले टिप्पणीसमेत गर्ने गरेका छन् । कम्युनिस्ट नेताहरू बेलाबखत टिप्पणी गर्छन्, ‘जब चुनाव हुन्छ, तब चारैतिर कांग्रेस मात्रै देखिन्छन् । यिनीहरु जस्तो सुकै चुनावका बेला पनि वर्षे दुवो जसरी ह्वात्तै देखापर्छन् ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन
नुवाकोटको विदुरबाट दुई जना लागु औषधसहित पक्राउ
खेतको कुलोमा लडेर नुवाकोटमा एक जनाको मृत्यु
Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ





प्रतिक्रिया