गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ
नुवाकोट । धादिङको गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ परेका छन् ।
झोलामा सालक बोकेर नुवाकोटबाट धादिङको गल्छी हुँदै काठमाडौं लैजाँदै गरेको अवस्थामा गल्छीबाट ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए ।
गोप्य सुचनाको आधारमा गल्छीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ६ जनामध्ये तीनजना धादिङका रहेका छन् ।
पक्राउ परेका सबैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र सालकलाई भने जिल्ला वन कार्यालय धादिङमा बुझाइएको एसपी खड्काले जानकारी दिए ।
नियन्त्रणमा लिइएको सालकलाई अदालतको निर्णयपछि जङ्गलमा छाडिने जिल्ला वन कार्यालय धादिङका प्रमुख शोभा सुवेदीले जानकारी दिइन् ।
सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने भएकाले नेपालबाट यसको तस्करी हुने गरेको छ ।
वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने





प्रतिक्रिया