रसुवामा पहिरो जाँदा ४ जना वेपत्ता, एक जना घाईते
विदुर खबर
२०७८ भदौ ३ गते ८:१३

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरो जाँदा ४ जना वेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
बिहिबार विहान करिब ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा चार जना बेपत्ता भएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार अत्याधिक वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले स्थानीय श्याम बहादुर ग्लानको घर पुरिएको हो । ग्लान घर बाहिर सुतेका कारण पहिरोमा परि घाइते भएका हुन् ।
उनलाई गाउँलेहरूले उद्दार गरि उपचारका लागि अस्पताल पु¥याएका छन् ।
सडक माथिबाट पहिरो खस्दा घरभित्र सुतिरहेकी ग्लानकी श्रीमती, दुई छोरि र एक छोरा बेपता भएका छन् ।
Advertisement
पहिरोले पुरिएर हराएका चारै जनाको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया