अध्यादेशको विरोधमा रसुवामा प्रर्दशन
विदुर खबर
२०७८ भदौ १ गते २०:१४
रसुवा । नेकपा एमालेको युवा संगठन युवा संघ र अनेरास्ववीयु रसुवाले सरकारले ल्याएको दल विभाजन सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।
मंगलबार साँझ धुन्चेमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववीयुले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गरेको हो ।
प्रर्दशनमा नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर जस्ता नारा लगाएर युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याएको थियो ।
तश्वीर : सरस्वती न्यौपानेको फेसबुकबाट ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया