धादिङ अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्दो
नुवाकोट । धादिङ अस्पतालमा ज्वरोका बिरामीको चाप बढेको छ । जेठ असारमा भन्दा अहिले ज्वरोका बिरामीको चाप तुलनात्मकरूपमा बढेको हो ।
दैनिक २ सय जना बिरामी ज्वरो क्लिनिकमा आउने गरेका र दैनिक आउने बिरामीमध्ये ५०–६० जना कोभिड संक्रमित बिरामी आए छन, भने ४० जना आकस्मिक कक्षमा आउने गरेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो ।
मौसम परिवर्तनका कारण मानिसको शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा यो महिना ज्वरोका बिरामीको संख्या अत्यधिक बढेको हो ।
ज्वरो सँगसँगै स्क्रबटाइफस र डेँगुका बिरामीहरू पनि फेला परेका र टाइफाइड दम लगायतका बिरामीहरूले उपचार गराइरहेका उहाँले बताउनुभएको छ । त्यस्तै व्यक्तिगत सरसफाइलाई विषेश ध्यान दिन, ताजा तथा स्वच्छ खानेकुरा खान र कोभिडसँग सम्बन्धित लक्षणहरू छन् भने स्वास्थ्यकर्मीसँग परामर्श लिई उपचार गर्न अनुरोध गर्नुभएको छ ।
अस्पतालमा बिरामीको चाप बढी भएका र स्वास्थ्यकर्र्मीको संख्या अस्पतालको दरबन्दीभन्दा कम भएका कारण व्यवस्थापनमा समस्या भएको जिल्ला अस्पतालले जनाएको छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया