नुवाकोटमा चल्ने यात्रुवाहक वसले आफुखुशी भाडा बढाए
नुवाकोट । नुवाकोट हुँदै काठमाण्डौ उपत्यका जाने रुटका सवारी साधनले सरकारले निर्धारण नै नगरेको भाडा आफूखुसी बढाएर उठाउन सुरु गरेका छन् ।
संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको २८ प्रतिशतसम्म भाडा बढाएको भएपनि यातायात व्यवसायीले आफुखुशी मनलाग्दो भाडा बढाएका हुन् ।
यातायात व्यवस्था विभागले लामो दूरीमा मात्रै भाडा बढाएको र स्थानीय तथा प्रादेशिक स्तरका रुटमा सम्बन्धित स्थानीय तह र प्रदेशले नै भाडा बढाउन सक्ने बताउँदै आएको छ । तर, अहिलेसम्म कुनै पनि प्रदेश र स्थानीय तहले भाडा वृद्धिको निर्णय नलिएको अवस्थामा नुवाकोटका यातायात व्यवसायीहरुले आफुखुशी भाडा बढाएका हुन् ।
अहिले नुवाकोटबाट काठमाण्डौको भाडा ५ सय रुपैयाँ तिर्नुपरेको सर्वसाधारणले गुनासो गरेका छन् । सम्बन्धित स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालयको अनुमति बेगर अहिले जिल्लाको विभिन्न स्थानिय रुटमा चल्ने सार्वजनिक यातायातले पनि भाडा बढाएका छन् ।
नुवाकोटदेखि काठमाण्र्डौसम्म यसअघि डिलक्स वसले २ सय रुपैयाँ र एसीसहितको वसले ३ सय २० रुपैयाँ लिने गरेको भएपनि अहिले सबै यात्रुवाहक वसले कोरोना भाइरसको कारण देखाउँदै ५ सय रुपैयाँ असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
तर यातायात व्यवसायीहरुले कोरोना भाइरसबाट आफुहरुले धेरै क्षति ब्यहोरेको भन्दै स्वास्थ्य सर्तकता अपनाउँदै आफुहरुले सवारी चलाएको र सिट क्षमताभन्दा कम यात्रुहरु राखेको भन्दै साविक भन्दा केही बढी भाडा लिएको बताउँछन् ।
टिमुरे यातायातका अध्यक्ष प्रकाश जोशीले लगातारको निषेधाज्ञाले थला परेका ब्यबसायीहरुले विषम परिस्थितिमा पनि ठूलो जोखिम मोलेर यातायात सन्चालन गरेकोले भाडा केही बढी लिने गरेको बताए ।
यस्तै अर्का यातायात व्यवसायी रवी रिमालले सबै सरोकारवाहरुसँग छलफल गरेर मात्र यात्रुवाहक वसको भाडा बृद्धि गर्नुपर्ने बताए । उनले केही समयका लागि भाडा बढी लिनु उपयुत्त नभएको भन्दै असहज परिस्थतिमा यात्रुहसँग बढी भाडा लिने काम नियमसंगत नभएको बताए ।
तर यात्रुवाहक वसले बढी भाडा लिने गरेको गुनासो आम सर्वसाधारणहरुले गरेपनि जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला ट्राफिक कार्यालय कानमा तेल हालेर बसीरहेका छन् ।
प्रदेश र स्थानीय तहले अझै नयाँ भाडादर नतोकिसकेकाले यसरी भाडा बढाउनु अवैध भएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था विभागले आफूले गरेको भाडा समायोजनलाई नै आधार मानी प्रादेशिक यातायात अन्तर्गत एकै प्रदेशभित्र सञ्चालन हुने वा स्थानीय तहभित्रका रुटहरुमा सञ्चालन हुने सार्वजनिक सवारीहरुले समेत सोहीअनुसार भाडा वृद्धि गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत नै जनाएको छ ।
‘प्रादेशिक सार्वजनिक यातायातको हकमा सम्बन्धित प्रदेश सरकार र स्थानीय सार्वजनिक यातायातको हकमा स्थानीय सरकार वा सम्बन्धित निकायबाट समायोजन नभएसम्म साविक बमोजिमकै भाडादर लागू हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको विभागले जनाएको छ ।
यस्तो छ यातायात व्यवसायीको धारणा ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया