सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने देउवा सरकारको निर्णय

विदुर खबर २०७८ असार २९ गते २२:०७

नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ।

Advertisement

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ।

Advertisement

प्रतिक्रिया