प्रतिनिधि सभा पुन:स्थापना हुने सर्वोच्चको फैसला
विदुर खबर
२०७८ असार २८ गते १३:३४

नुवाकोट । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला सुनाएको छ।
प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन: स्थापना हुने फैसला सुनाएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले दायर गरेको रिटमा गरिएको मागदाबी अनुसार सर्वोच्चले फैसला सुनाएको हो।
सोमबार संवैधानिक इजलासमा फैसलाको संक्षिप्त पाठ पढेर सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले रिट जारी हुने फैसलामा पाँचै जना न्यायाधीश एकमत रहेको बताए।
Advertisement
सर्वोच्चले रिट जारी हुने फैसला सुनाउँदै विपक्षी गठबन्धनका १४६ जना सांसदको हस्ताक्षर रहेको रिटमा मागदाबी गरिएअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया