नेकपा विवाद मिलाउन सहमतिको खोजी
नुवाकोट । नेकपा एमालेको जारी विवाद मिलाउन कार्यदल सक्रिय भएको छ ।
पार्टी एकतालाई बचाउनका लागि यसअघि गठन भएको कार्यदल पुनः सक्रिय बनेको हो । पार्टीभित्र संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समुह आ–आफ्नै अडानमा बसिरहेको बेला कार्यदलभित्र सहमतिको खोजी शुरु भएको छ ।
कार्यदलको बैठकमा सहमतिको खोजी शुरु भए पनि सहमतिको खाका भने तयार भइसकेको छैन । दुई दिनयता कार्यदलमा सहभागी नेताहरूले औपचारिक रुपमा एकतालाई बचाउने विधिको खोजी गरिरहेका छन् ।
नेपाल समूहले सर्वोच्च अदालतको फैसलाबमोजिम २०७५ जेठ २ अघिकै कमिटीलाई ब्युँताउनुपर्ने माग राखे पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उक्त माग पूरा नगरी १०औं महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गर्नुभएको छ । उक्त निर्णयसँगै पार्टीभित्र निर्माण हुँदै गएको सहमतिको वातावरण बिग्रिएको बताइएको छ ।
मंगलबार पनि कार्यदलमा सहभागी नेताहरूबीच सिंहदरबारमा बैठकमा खासै सहमति हुन नसकेको बताइएको छ । सहमतिको खोजी गर्दै कार्यदलमा सहभागी नेताहरूले अध्यक्ष ओली र नेता नेपालको संयुक्त वक्तव्य जारी गर्ने तयारीमा जुटेका छन् । तर दुवैको अडान कायमै रहेको कारण कार्यदलमा सहमति निर्माणमा कठिनाइ कायमै रहेको बैठकमा सहभागी एक नेताले बताए ।
कार्यदलको बैठक सहमतिको लागि पुनः बैठक बस्ने गरी सकिएको छ । बैठकपछि कार्यदलका सदस्य रघुजी पन्तले बैठकमा ठोस कुनै पनि सहमति नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘छलफल भइरहेको छ । ठोस सहमतिको खाका तयार भइसकेको छैन । विगतमा भएको घटनाक्रमको समिक्षा भइरहेको छ ।’
अर्का नेता भीम रावलले पनि सबै सदस्यहरूले आ–आफ्नो सुझाव दिएको र पुनः छलफल हुने जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया