सम्भावना नै सम्भावनाको खानी नुवाकोट

विदुर खबर २०७८ असार ८ गते २१:३८

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको बाग्मती प्रदेश अन्तर्गत राजधानि काठमाण्डौको उत्तर पश्चिम दिशाामा अबश्थित एक धार्मिक तथा ऐतिहाशिक पृष्ठभुमिले सु–सज्जित जिल्ला हो ।

Advertisement

नुवाकोट जिल्लाको क्षेत्रफल १,१२१ बर्ग कि.मी. रहेको छ भने जनसंख्या करिब २,८८,४७८ रहेको छ । यहा ब्राह्मण,क्षेत्री,तामाङ,नेवारी,मगर,शेर्पा आदि जातको बिशेष बाहुल्यता रहेको पाइन्छ । नुवाकोट जिल्लामा २ नगरपालिका र १० गाँउपालिका गरी जम्मा १२ वटा स्थानिय निकायहरु रहेको छन् ।

नुवाकोट जिल्लामा सडक सञ्जालको बिस्तार हुनु पुर्ब देशको राजधानी काठमाण्डौंबाट ककनी गा. बि. स. को रानीपौवा सम्म यातायात सुबिधा उपलब्ध थियो । हाल काठमाण्डौ र नुवाकोट जिल्लाको सदरमुकाम बिदुर जोड्र्ने ३ वटा सडकमार्ग रहेको छ –त्रिशुली–रानिपौवा–काठमाण्डौ,त्रिशुली–ढिकुरे–टोखा हुदै काठमाण्डौ र त्रिशुली–गल्छि हुदै काठमाण्डौ रहेको छ ।

Advertisement

भौगोलिक तथा ऐतिहासिक रुपमा पनि नुवाकोट जिल्लाको छुट्टै पहिचान रहेको छ ।नुवाकोटमा रहेका ठुला ठुला फाटहरु तथा भिराला डाडाकाडाहरु भएकोले कृषिको लागि अति उपयुक्त रहेको पाइन्छ साथै नुवाकोट जिल्लामा करिब ८०% मानिसहरु कृषिमा आत्मनिर्भर रहेको छन् ।

 

 

Advertisement

भौगोलिक बनावट तथा राजधानि काठमाण्डौबाट नजिकको दुरीमा रहेको यो जिल्ला श्री ५ बडा महाराजधिराज पृथ्बी नारायण शाहको पालामा नेपालको राजधानि समेत रहेको र यहा पुरातात्विक महत्व तथा पहिचान बोकेको नुवाकोट साततले दरबार समेत रहेको छ ।उक्त दरबार श्री ५ बडामहाराजधिराज पृथ्बीनारायण शाहले राष्ट्र् एकिकरणको सुरुवातमा नुवाकोटमाथी बिजय गरी नुवाकोटलाई एकिकरण गरे पश्चात अन्य राज्यहरुपनि एकिकरण गरी नेपालको राजधानिको रुपमा नुवाकोटलाई बनाई उक्त दरबारबाट राज्य सञ्चालन गरेको पाइन्छ ।  हाल पनि उक्त दरबारमा पृथ्बी नारायण शाहले प्रयोग गर्नुभएको सामाग्रीहरु(खाट सयनकक्ष,कालकोठरी तथा अन्य पुरातात्विक महत्व बोृकेका अन्य सामाग्रीहरु पनि )हल सम्म सुरक्षित रहेको छ ।

बेलकोट,भैरबकोट,कालिकाकोट,धुवाकोट,प्यासकोट,सिमलकोट,मालाकोट,धैबुङकोट र सल्यानकोट जस्ता नौ कोट वा किल्लाहरुको संगमभुमिको रुपमा परिचित नुवाकोटलाई गोपालबंश देखि नै नवकोट नवकोट्य,नवक्वाथ,नौकोटबाट क्रमशःअपभ्रशं हुदै नुवाकोट नामाकरण भएको थियो ।तत्कालिन समयमा धादिङ जिल्ला समेत यसैमा अधिनस्त थियो ।प्रशिद्य धार्मिक क्षेत्र गोसाइकुण्ड र मनोरम पर्यटकिय हिमालि भेग लाङटाङ क्षेत्र जाने प्रमुख मार्गको रुपमा रहेको नुवाकोट जिल्ला मल्लकालिन समयमा पश्चिम नेपालको् मुलढोका,नेपाल भोट (तिब्बत) बाण्ज्यि ब्यपारको परम्परागत मुलद्घवार पनि रहेको थियो ।

श्री ५ बडामहाराजधिराज पृथ्बी नारायण शाहको शासनकाल (बि.सं.१८०१–१८२५सम्म) तथा शाहबंशिय नाति राजा गिर्बाणयुद्घ बिक्रम शाहको शितकालिन राजधानि रहनुले पनि नुवाकोट जिल्लालाई दोस्रो राजधानिकने रुपमा परिचित छ । नेपाल एकिकरणका महान नायक श्री ५ बडा महाराजधिराज पृथ्बी नारायण शाहको समाधिस्थल देबिघाट,नौ तले (नब्बे सालकोभुकम्पपछिको ७ तले)दरबार नेपाल को पुरानो् त्रिशुलि जलबित्तद्युत आयोजना, देबिघाट जलबिद्युत आयोजना,जालपा, भैरबिको मन्दिर,सतिदेबिको अंग पतन भई उत्पनन भएको दुप्चेश्वर धाम बराह क्षेत्र आदि तथा जंगबहादुरले पुरुषार्थ प्रदशन गरेको स्थल भनि पुरातात्विक एबम् सांस्किृतिक बिशिक्ष्ठताले युक्त नुवाकोट जिल्लाको परिचय बोकेको क्षेत्रहरु रहेको पाइन्छ ।

साथै दिदि बहिनीको रुपमा परिचित जालपा देबि र भैरबि देबि पनि यसै जिल्ला भित्र रहेको छ उक्त मन्दिरले नुवाकोट जिल्लाको छुट्र्टै इतिहास बोकेको पाइन्छ । हरेक बर्षको बैशाख पुर्णिमाको दिन पारेर भैरबि मन्दिरको देबिको मुर्तिलाई देबिघाट स्थित जालपा मन्दिर सम्म रथमा बोकेर लैजाने र पुजाआजा गरी भैरबि मन्दिरका पुजारी धामिले भोग खाने र पुन भैरबिको मुर्तिलाई नुवाकोट दरबार परिशरमा रहेको भैरबि मन्दिर सम्म बोकेर लैजाने र पुन पुजारीले भोग खाने चलन रहिआएको छ साथै मन्दिर परिशरमा बिशाल मेला सिन्दुरे जात्रासमेत लाग्ने गर्दछ ।

साथै नुवाकोटको दुप्चेश्वर गा.पा.मा अबस्थीत दुप्चेश्वर महादेबको मन्दिरले पनि नुवाकोट जिल्लाको पहिचान बोकेको छ ।उक्त मन्दिरमा सतिदेबिको मृत शरिर महादेबले बाृेकेर पृथ्बी भ्रमण गर्दा सतिदेबिको मलद्घवार पतन भई महादेब उत्पन्न भएको श्री स्वस्थानीमा समेत बर्णन गरीएको पाइन्छ उक्त मन्दिरमा मंसिर पुर्णिमाको दिन ठुलो मेला लाग्दछ ।साथै रसुवामा अबश्थित गोसाइकुण्डबाट बगेकी पबित्र गंगा त्रिशुली नदि साथै सुर्यकुण्डबाट बगेकी तादिलाई दिदि बहिनीको रुपमा बिश्वास रहेको भनि मानिन्छ ।साथै उक्त तादि नदिको काखमा रहेको ठुलाठुला समथर फाटहरु जस्तै ढिकुरे फाट,चौघडा फाट,थानसिं फाट आप्रह फाट तथा चौखुडा फाट आदि रहेको छ ।उक्त फाटहरुमा तादिको पानीले सिंचाइ गरिन्छ ।

उक्त फाटमा बिभिन्न प्रकारको तरकारीहरु, धान र आलु यहाको मुख्य बालिको रुपमा उब्जनी हुन्छ ।अझै भन्नुपर्दा यहाको मुख्य आम्दानीको श्रोतको रुपमा कृषी नै रहेको छ ।बिभिन्न तरकारी तथा कृषी फर्महरु मार्फत तरकारी खेती गर्ने गरेको पाइन्छ ।

यहा उब्जनी भएको तरकारी तथा आलु काठमाण्डौ तथा पोखरामा खपत हुन्छ र चैते धानको रुपमा मुख्य रुपमा टाइचिन धान रोप्ने गरेको पाइन्छ उक्त धान चिउराको लागि निर्यात हुन्छ ।आलुको लागि कृषक माझ सेवा प्रदान गर्न प्रधानमन्त्रि कृषी तथा आधुनिकीकरण केन्द्र(आलु जोन)बाट समय समयमा कृषीको लागि आबस्यक औजार यन्त्रहरु साथै बिउ बिजनहरु समेत उपलब्ध गराउने गरेको पाइछ ।

नुवाकोटको बिभिन्न क्षेत्रमा बिभिन्न खेती गर्ने गरेको पाइएता पनि ककनिमा किबि खेती,ट्रउट माछापालन,इस्ट्रबेरी खेती, रानिपौवामा उत्पादित मुला काठमाण्डौमा समेत प्रशिद्द रहेको छ । मेघाङ र किस्पाङमा ब्यक्तिगत लगानिमा चिया बगान समेत ब्यबसायिक रुपमा गरिदै आएको छ साथै नुवाकोटमा उत्पादित कृषी सामाग्रीहरु भण्डारणको लागि देबिघाट,गंगटे र मुरलिटारमा छुट्टाछुट्टै सित भण्डार केन्द्रहरु रहेका छन् नुवाकोट जिल्लामा कलकारखानाहरुको पनि केही बिकास भई संचालनमा आएका छन् ।

यहा संचालित कलकारखानाहरु जस्तै पिपलटारमा रहेको पाइप कारखाना,दाना उद्योगहरु,तादि र त्रिशुलिमा संचालनमा रहेका साना ठुला क्रसर उद्योगहरु रहेका छन् । नुवाकोटमा हाल संचालनमा रहेका ३ ठुला बिद्युत आयोजनाहरु साथै निर्माणधिन अबस्थामा रहेका अरु थुप्रै जलबिद्युत आयोजनाहरु रहेका छन् साथै बिदुर नगरपालिकामा सोलार प्यानल पनि निर्माणधिन अबस्थामा रहेको छन् र उक्त सोलारको बिद्युतले नुवाकोट जिल्लालाई नै पुग्ने सम्भाबना देखिन्छ ।

नुवाकोट जिल्ला राजधानि काडमाण्डौ बाट जजिकै भएतापनि कृषकले उत्पादन गरेको कृषी सामाग्रीको उचित बजार ब्यबस्थापन हुन उचित बजार ब्यबस्था तथा किसानलाई समय समयमा उचित तालिमको ब्यबस्था गरी कृषी आधुनिकिकरण गर्नुपर्ने देखिन्छ ।

साथै यहाको कला संस्कृती धार्मिक एबम् ऐतिहासिक क्षेत्रहरुको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्रय पर्यटकहरु भित्राउन सकिन्छ र यहा पुराना तथा निर्माणाधिन बिद्युत गृहहरु रहेको कारण पनि यहा कलकारखानाहरुको लागि प्रचुर संभाबना देखिन्छ ।

प्रतिक्रिया