तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
नुवाकोट । तारकेश्वर गाउँपालिकाले विभिन्न सात आमा समुहहरुलाई ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बुधवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नम्बर ४ को बुधसिंहमा गाउँपालिकाले स्थापना गरेको पशु सेवा उपशाखा र सामुदायिक सीप सिकाई केन्द्रको उद्घाटन कार्यक्रममा विभिन्न आमा समुहलाई नगदसहितको चेक हस्तान्तरण गरेका हुन् ।
पशुसेवा उपशाखा र सामुदायिक सीप सिकाई केन्द्रको उद्घाटन गर्दै उनले पशुहरूमा लाग्ने विभिन्न रोगहरूको परीक्षण, उपचार र परामर्श पशुसेवा उपशाखाबाट निःशुल्क रुपमा उपलब्ध हुने बताए ।
यस्तै शिप सिकाई केन्द्रबाट ब्युटिसियन, सिलाई बुनाई, हस्तकलाका विभिन्न सामग्रीहरूको निर्माण लगायतको सीपहरू सिकाइनुका साथै सीप अनुसारका सामग्रीहरू निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरू समेत निःशुल्क रुपमा उपलब्ध गराइने अध्यक्ष अधिकारीले प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष अधिकारीले स्थानीयहरूको स्वावलम्बन र जीविको पार्जनका लागि सीप सिकाइका कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्ने पनि उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष अधिकारीले बुधसिंहका सातवटा आमा समूहलाई महिला सशक्तिकरण, महिला स्वावलम्बन र महिला जिविकोपार्जन अभियान अन्तर्गत दुई नयाँ समूहलाई प्रति समूह १ लाख र पुराना पाँच समूहहरूलाई प्रति समूह ५० हजारका दरले ४ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे ।
अध्यक्ष अधिकारीले अध्यक्ष निर्वाचित हुनु अघिदेखि नै दर्जनौं आमा समूहहरू मार्फत महिला सशक्तिकरणको अभियान सञ्चालन गर्दै आएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया