खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
नुवाकोट । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका शिक्षा तथा खेलकुदका विभिन्न कार्यक्रममा भाग लिदै खेल विज्ञानको आफ्नो अनुभव साट्दै आएका अचुत्तम लामिछानेको भूमिका २१ फागुनले बदल्दिएको छ।

प्रतिनिधि सभाको निर्वाचनका लागि नुवाकोट-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि उनले त्यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने चुनौती थियो ।
नेपाली काग्रेंस,नेकपा एमाले र नेकपाका संगठनलाई चिर्दै विजयको झन्डा फहराउनुपर्ने चुनौती उनलाई थियो । लामिछाने सधै चुनौती रुचाउने अनि त्यसमै अभ्यास्त हुने बानी परेका व्यक्ति थिए । खेल क्षेत्रमा लाग्दा उनलाई धैर्यता,मेहनत अनि चुनौतीलाई स्वीकार गरेर जितमा बदल्ने वानी नै परेको थियो ।
अब यही वानीलाई निर्वाचनमा जितेर देखाउनुपर्ने चुनौती लिएर उनी निर्वाचनमा होमिएका थिए । २१ फागुनको नतिजा पनि उनले सोचेजस्तै भयो उनले गाउँ गाउँ पुगेर जनतालाई आफ्नो एजेन्डा सुनाए अनि जनताले पत्यादै उनलाई मत दिएर संसद्मा पठाएका छन् । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा खेल विज्ञान र अनुशासन सिकाउने अव उनलाई सांसद बनेर कानुन बनाउने अनि देशलाई सही दिशामा ल्याउने चुनौती जनताले दिएर पठाएका छन् ।
उक्त क्षेत्रमा यो जित हात पार्न उनलाई सहज थिएन। नेपाली कांग्रेसबाट पुराना नेता जगदीश्वर नरसिंह केसी उम्मेदवार थिए भने नेकपा एमालेबाट केशवराज पाण्डे उम्मेदबार थिए । त्यस्तै नेकपाले हिरानाथ खतिवडालाई निर्वाचनको मैदानमा उभ्याएको थियो । तर उनलाई जनताले पत्याए अनि विजेता बनाउदै ३२ हजार ५४ मत दिए । उनका प्रतिस्पर्धी कांग्रेसका केसीले १५ हजार ५०३ मत पाए । उनी केसी भन्दा १६ हजार मत वढी ल्याएर निर्वाचित भए ।
लामिछाने आफ्ना भोगाई, सिकाई, पढाई र बुझाईलाई नीति निर्माण तहमा लगेर लागू गर्न रुचाउँछन् ।
केही दशक अघिसम्म हाम्रोजस्तै आर्थिक अवस्था भएको दक्षिण कोरिया कसरी विकसित मुलुकमा परिणत भयो भन्ने नजिकबाट देखेको र अनुभव गरेकाले उनले सांसदको रुपमा आफूले त्यसका लागि भूमिका खेल्ने बताए ।
डा. लामिछाने आफ्नो जन्मभूमि नेपाल, त्यसमा पनि आफ्ना कलिला पाइलाहरूले हिड्न सिकेको, कलिलो मगजले सोच्न र सपना देख्न सिकेको नुवाकोटको भूमिलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउने उद्देश्य र खाकासहित नयाँ दृष्टि, भिजन र लक्ष्य लिएर आएको दावी गरे ।
२०३४ साल कार्तिक महिनाको २७ गते भाइटिकाको दिन जन्मेका लामिछाने नुवाकोटबासीको लागि परिचित नाम नै हो । लामिछानेले विद्यालय तहको अध्ययन त्रिशुली नदिले छुट्याएको विदुर, ७ तुप्चेको चण्डेश्वरी मा. वि. र रसुवा बोगटीटारको श्री नीलकण्ठ मा. वि. बाट लिए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्ररत्न क्याम्पस ताहाचलबाट स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन पूरा गरे ।
अनि लामिछानेले जन्जु भिजन विश्वविद्यालय, दक्षिण कोरियामा कोरियन भाषाको समेत अध्ययन गरे । त्यसपछि स्नातक तहको अध्ययन दक्षिण कोरियाकै योङ्ग इन विश्वविद्यालयमा गरे । सोहि विश्वविद्यालयबाट स्नातकोत्तर तह हुँदै लामिछानेले खेल विज्ञानमा विद्यावारिधि गरे ।
विद्यार्थी जीवनबाटै मेहनत, परिश्रम र स्वरोजगारमा तल्लिन हुने लामिछाने श्रम, पसिना र कर्मप्रतिको लगनशीलता नै जीवनको मूल्य हो भन्ने मान्यता राख्दछन् ।
खेलकुदको औपचारिक अध्ययन गरेको र स्वयम् तेक्वान्दो र योङमुदोका चौथो डान प्राप्त खेलाडी भएकाले अनुशासन, लगनशीलता, दृढता र हारजितको संवेदना भन्दा बढी आफू प्रयत्न, प्रतिबध्दता र परिणाममा ज्यादा केन्द्रित हुने उनको दाबी छ ।
उनले होटल म्यानेजमेन्ट तथा व्यवस्थापनमा लामो अनुभव हासिल गरेकाले व्यवस्थापन र रोजगारीका क्षेत्रमा पनि अनुभव हासिल गरेका छन् ।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल विज्ञानमा प्रशिक्षक प्रशिक्षण गरेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रशिक्षक तथा रेफ्रीको समेत भूमिका निर्वाह गरेकाले त्यो अनुभव उनले संसद्मा आगामी पाँच वर्षका लागि उपयोग गर्ने उनकाे भनाइ छ।
खेलविज्ञको रूपमा राष्ट्रिय खेलकुद परिषद्मा पाँच वर्षभन्दा लामो समय अध्यापन तथा प्रशिक्षण गरेका लामिछानेले काठमाडौंस्थित हारती शिक्षा मन्दिर मा. वि. मा प्रधानाध्यापकको रूपमा १० वर्षभन्दा लामो समय सेवा अध्यापनमा सक्रिय थिए ।
परम्परागत शैलीको किताबी ज्ञानभन्दा फरक तरिकाले साना नानीबाबुहरूको शारिरिक, मानसिक, बौद्धिक एवं मनोवैज्ञानिक विकास गर्नुपर्ने भन्दै उक्त विद्यालयमा उनले यही लागू गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया