गुन्डा मन्त्रि दीपक मनाङेले राजीनामा दिए
नुवाकोट । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले बिहीबार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्न लागेकोले संसद् बचाउन आफू मन्त्री पद त्याग्दै विपक्षी गठबन्धनमा सामेल भएको समेत मनाङेले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
मनाङेको राजीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ । मनाङे मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा प्रदेशसभामा अनुपस्थित भएका थिए । नयाँ सरकार गठन गर्न या प्रदेश सभा विघटन गर्न मनाङेको मतलाई निर्णयक मानिदै आएको छ ।
मनाङे मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको थियो । आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्नुअघि वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्रीले पुनः वैशाख २९ मा संसद्मा सहभागी ठूलो दलको नेताको हैसियले शपथ लिएका थिए । उनी पुनः मुख्यमन्त्री भएसँगै जेठ ५ मा मनाङेलाई सोही पदमा मन्त्री नियुक्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया