नुवाकोटमा रगत संकलन अभियान शुरु
नुवाकोट । जिल्लामा पटक पटक रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत संकलन गर्ने अभियान थालिएको छ ।
देशभर रगतको चरम अभाव भईरहेको अवस्थालाई मध्यनजर गर्दै नुवाकोटमा रगत व्यवस्थापनमा क्रियाशिल संस्था ब्लड अन रिक्वेस्ट नुवाकोटको आयोजना तथा दाह्री ग्याङ नुवाकोट , विदुर नगरपालिका वडा नं ७ तुप्चेको श्री जन जागृती युवा क्लवको सहआयोजना आज नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा रगत अभाव हुँन नदिन तथा आवश्यक परेका बेलामा रगत दान गर्ने उदेश्यले उक्त अभियानको सुरुवात गरेको ब्लड अन रिक्वेस्ट नुवाकोटका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।
रत्तदान कार्यक्रममा २९ जना रक्तदाताहरुले स्वत ः स्फुर्त रुपमा उपस्थिति भई रक्तदान गरेका थिए । कार्यक्रममा रत्तदान गर्ने रक्तदाताहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ ।
यसअघि गतसाता पनि रत्तदान कार्यक्म गरि संकलन गरिएको प्लाज्मा र रगत नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र भक्तपुर पठाईएको छ । यस्तै आज संकलन गरिएको रगत पनि भक्तपुर नै पठाईने बताइएको छ ।
विभिन्न सामाजिक कार्यमा क्रियाशिल यस संस्थावाट कोभिड १९ महामारीमा परेका वृद्व ,अशक्त ,फरक क्षमता भयका नागरिक ,एक महिला , अभिभावक गुमाएका वालवालिका लागायत सुकुम्वासी ,भुमिहिन नागरिकलाई खाध्यान्नको अभाव नहोस् भनी विभिन्न स्थानमा राहत सहयोग पनि भईरहेको र आगामी दिनमा पनि राहत ,रगत ,अक्सिजन लगायतको सहज व्यवस्थापन गर्न आफुहरु लागी परिरहने संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया