विवेकशील साझाका नेता उज्वल थापाको निधन
विदुर खबर
२०७८ जेठ १८ गते २१:१७
नुवाकोट । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । उनको केही बेरअघि निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको थियाे । थापा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको पक्षमा अनवरत खटिँदै आएका थिए ।
सादा जीवन उच्च विचारका पर्याय नेता थापा जनअधिकारका हरेक सवालमा सक्रिय रुपमा अग्रपङ्क्तिमा देखिन्थे । उनी एकमात्र यस्ता नेता हुन् जो पार्टी अध्यक्षमा आफ्नो कार्यकाल सकिएपछि पदमा दोहोरिएनन् ।
नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया