सुर्यगढी गायँपालिकाका थप ३३ जनामा कोरोना पुष्टि
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाका थप ३३ जनामा कोरोना संक्रमण पसष्टि भएको छ ।
त्रिशुली अस्पतालमा आज गरिएको पिसिआर परिक्षण्मा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाकारी दिएको छ । यससँगै सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय २ पुगेको छ ।
संक्रमितमध्ये ८९ जना होम आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सुर्यगढी गाउँपालिकामा अहिलेसम्म ७ सय ७२ जनाको पिसिआर परिक्षण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
अस्पतालमा आज गाउँपालिकाका ९४ जनाको पिसिआर परिक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको हो भने ६१ जनाको पिसिआर रिर्पाेट नेगेटिभ आएको हो ।
यस्तै अस्पतालमा आजै जिल्लाका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार ४८ जनाको पिसिआर परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ
कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार
एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए





प्रतिक्रिया