नुवाकोटमा उच्च गतिको इन्टरनेट दिदै सरकार, दुई बर्षसम्म निःशुल्क
नुवाकोट । स्थानीय तहकै सम्झदारीमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको काम प्रारम्भ भएको छ ।
पहिलो चरणमा बागमती प्रदेशको भूूकम्प अति प्रभावित ८ वटा जिल्लाका स्वास्थ्य संस्था, वडा कार्यालय, आभारभूत विद्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध गराउने अभियान सुरु गरिएको हो ।
सो सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जुम बैठकमार्फत शुभारम्भ गरे । सो कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, नेपाल टेलिकमका कार्यकारी निर्देशक लगायत स्थानीयत तहका प्रमुखहरुको उपस्थिति रहेको थियो । सेवा जडान भएको २ वर्षसम्म इन्टरनेट सेवा निःशुल्क रुपमा उपलब्ध गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
पहिलोचरणमा काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, ओखलढुंगामा जडान हुनेछन् । सो सेवा सबै स्थानीय तह, वडा कार्यालय, सामूदायिक स्वास्थ्य संस्था तथा सामूदायिक विद्यालयहरुमा उपलव्ध हुने जानकारी दिइएको छ ।
सेवा प्रदायक कम्पनीले न्यूनतम २० एमबीबीएस इन्टरनेट सेवा उपलव्ध गराउने छन् । यसअघि प्राधिकरणबाट सम्झौता भई काम भएकोमा प्रभावकारी नभएको व्यापक गुनासो आएको छ ।
सो गुनासो आएपछि मन्त्री गुरुङले स्थानीय तहबाट बजेट खर्च हुने गरी व्यवस्था मिलाएका हुन् । तत्काल सम्झौता गरी काम थालिने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया