देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेकामा ओलीले दुखाए चित्त
विदुर खबर
२०७८ जेठ ८ गते १७:३२

नुवाकोट । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्या भण्डारीलाई सम्मान नगरेको भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाप्रति आपत्ति जनाएका छन् ।
संसद विघटनको विरोधमा देउवाले जारी गरेको विज्ञप्मिा राष्ट्रपतिलाई सम्मानपूर्वक आदरार्थी शब्द प्रयोग नगरेकामा ओलीले चित्त दुखाएका हुन् । शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले सम्मानित पदमा पुगेकी जनताकी छोरीलाई सम्मान नगर्नु गणतन्त्रप्रतिको अपमान भएको जिकिर गरे ।
उनले राष्ट्रपतिलाई तिमी भनिएबाट गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको भन्ने पुष्टि हुने टिप्पणी गरे ।
सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेश गरे पनि राष्ट्रपतिले ओलीसँगको साँठगाँठमा संसद विघटन गरेको भन्दै आपत्ति जनाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया