मजदुर आन्दोलनका कारण रसुवागढी जलविद्युत आयोजनाको काम ठप्प
नुवाकोट । रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । साढे दुई भन्दासम्म पारिश्रमिक नदिएको भन्दै मजदुरले आइतबारदेखि काम ठप्प पारेका हुन् ।
सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले नेपाली कामदारलाई साढे २ महिनादेखि पारिश्रमिक दिएको छैन । पारिश्रमिक नदिएको र काम गर्ने समय समेत घटाएपछि मजदुरले कार्यालयमा ताला लगाएका छन् ।
कोभिड–१९ का कारण सिडब्लुइले काम गर्ने समय एक घण्टा घटाएको छ । जसका कारण मजदुरले पाउँदै आएको पारिश्रमिक घटेको मजदुर पूर्ण बहादुर तामाङले बताउनुभयो । समयमा तलब नदिएको र काम गर्ने समय पनि घटाएपछि कम्पनीमा कार्यरत ३ सय ६० जनाले काम रोकेका हुन् । उनीहरुले दैनिक १० घण्टा काम गर्न पाउनुपर्ने र पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेका छन् ।
आयोजनाले बिहीबारदेखि पारिश्रमिक उपलब्ध गराउने बताएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ८० प्रतिशत काम सकिएको छ । १११ मेगावट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया