प्रथम छहरे महाेत्सवकाे तयारी तिव्र
विदुर खबर
२०७७ माघ २७ गते १७:१६
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको छहरे बजारमा फागुन १४ देखि २२ गतेसम्म हुने प्रथम छहरे महोत्सवको तयारी सुरु भएको छ ।
जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि गर्न लागिएको महोत्सव गर्न लागिएको महोत्सवका संयोजक सानु केसीले जानकारी दिए । महोत्सवमा स्थानीय कृषि सामग्री, धार्मिक तथा पर्यटकीय स्थानको प्रचारप्रसार गरिने बताइएको छ ।
त्यस्तै महोत्सवमा स्थानीय झाकी, लाखे नाच, धामी नाच,धिमे नाच, लोक दोहोरी, खैचडी भजनको समेत अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । महोत्सवमा झण्डै २ लाख दर्शकले अवलोकन गर्ने बताइएको छ । लिखु गाउँपालिकाको सहयोगमा हुन गइरहेको महोत्सवको व्यवस्थापन ज्योति फिल्मले गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया