नुवाकोटको लिखुमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते

नुवाकोट । लिखु गाउँपालिका वडा नम्बर ३ का कमानसिंङ तामाङको शनिवार राती बोलेरोको ठक्करबाट ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
स्थाई ठेगाना सुर्यगढी गाउँपालिका वडा नम्बर ५ घर भई हाल लिखु ३, पट्टावारी बसोवास गर्दै आएका तामाङलाई शनिवार राती ११ बजे नुवाकोटको छहरेबाट ढिकुरेतर्फ आइरहेको प्रदेश ३–०१–२२ च ३७१९ नम्बरको बोलेरोले विपरित दिशाबाट आइरहेको बा ३४ प ४६९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि घाईते भएका कमानसिंङ तामाङको नुवाकोटको त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।
दुर्घटनामा परि घाइते भएका लिखु गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय तामाङको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले मोटरसाईकललाई ठक्कर दिने बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया