संसद विघटनको विरुद्धमा नुवाकोटमा मसाल जुलुस

विदुर खबर २०७७ माघ १८ गते १८:५६

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साझ मसाल जुलुस निकालिएको छ ।

Advertisement

नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको नेविसंघ नुवाकोटका विद्यार्थी नेता कृष्ण मिश्रले जानकारी दिए । जुलुसमा सहभागीले संसद विघटन विरुद्ध नारा लगाउदै निर्णय सच्याउन आव्हान गरेका छ्न ।

जुलुस निरुत्साहित गर्न बट्टार चोकमा प्रहरी परिचालन गरिएपनि युवा बिद्यार्थीको उल्लेख्य उपस्थिती रहेकोले प्रहरिले मसाल जुलुस नियन्त्रण लिन भने सकेन ।

Advertisement

प्रतिक्रिया