कुमरीका असहाय बालबालिकालाई खाद्यान्न सामाग्री वितरण
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा रहेका असहाय बालबालिकालाई मदानपुर घर भई हाल अध्ययनको शिलशिलामा जापानमा रहेका मनोज अधिकारीले खाद्यान्न सामाग्री तथा लत्ताकपडा उपलव्ध गराएका छन ।
बुवाआमा विहिन अवस्थामा जीवन गुजारिरहेका अस्मिता पुडासैनी, संगिता पुडासैनी र राजु पुडासैनी गरी तीन दिदीभाइलाई घमा नै पुगेर मनोजका बुवा भक्तबाहादुर अधिकारीले खाद्यान्न सामाग्री तथा लत्ताकपडा प्रदान गरेका हुन । उनीहरुलाई चामल, नुन, तेल, सावुनको साथै दिदी बशिनी अस्मिता र संगितालाई ४ जोर कुर्था सुरुवाल र भाइ राजुलाई २ जोर सर्ट पाइन्ट प्रदान गरिएको हो । साथै उनीहरुलाई १ वर्ष सम्मलाई पुग्ने शैक्षिक सामाग्री समेत वितरण गरिएको सहकर्मी रमेश अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार पुडासैनी बालबालिकालाई ३० हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया