नेपाली कांग्रेसकी नेतृ गिता अमात्यद्धारा रिमाललाई स्वास्थ्य सामाग्रि वितरण

विदुर खबर २०७७ माघ ७ गते २०:१३

नुवाकोट । नेपाली कांग्रेसकी नेतृ तथा नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गिता अमात्यले शारिरिक रुपमा अशक्त भएका विदुर नगरपालिका वडा नं. १२ चैनपुर निवासी चिरञ्जिवी रिमाललाई स्वास्थ्य सहायता सम्बन्धि सामाग्री उपलब्ध गराइएकी छिन् ।

Advertisement

किशोर अबस्थामै शरीरको कम्बरभन्दा तलको भाग नचल्ने भएका ४० वर्षिय रिमाललाई अमात्यले आवश्यक स्वास्थ्य सहायता सामाग्रि उनकै घरमै पुगेर वितरण गरेकी हुन् । शरीरको तल्लो भाग नचल्ने भएसगैँ ओछ्यानमै दैनिकी बिताउँदै आएका रिमाललाई अमात्यले पिसाब थैली सहित त्यसको लागी चाहिने पाइप, सरसफाई गर्न चाहिने ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सहायता सामाग्रि वितरण गरेकी हुन् ।

                                                  रिमाललाई आर्थिक सहयोग गदै नेपाली नेतृ गिता अमात्य ।

१७ वर्षको हुदाँ कम्बरको नशा च्याप्पिएर दुवै खट्टा नचल्ने र शरीर चलायमान बनाउन नसक्ने भएसगै आर्थिक अवस्था कमजोर बनेका रिमाललाई अमात्यले ६ महिनालाई पुग्ने सामान वितरण गरेकी हुन् । कमजोर आर्थिक अबस्थाको कारण नियमित स्वास्थ्य उपचार, औषधी सेवन सरसफाई लगायतको लागि अन्य दाताहरुलाई पनि सहयोग उपलब्ध गराउनको लागी रिमाल परिवारले अपिल गरेको छ ।

Advertisement

यसअघि सरकारले लामो समय गरेको लकडाउनका कारण मर्कामा परका मजदुर, अपाङगता भएका व्यक्तिहलाई घरघरमा पुगेर अमात्यले आर्थिक लगायत खाद्यान्न सहयोग गरेकी थिइन् । लामो समयदेखि समाजसेवामा समेत सक्रिय रहेकी अमात्य विदुर नगरपालिकाको उपमेयरका प्रत्यासी समेत ह्न् ।

प्रतिक्रिया