एकीकरण पदयात्रा नुवाकोट आइपुग्यो
नुवाकोट । एकीकरण पदयात्राको टोली बिहीबार नुवाकोट आइपुगेको छ ।
गोरखा,धादिङ हुँदै पदयात्राको लागि नेपाली सेनाको टोली आज नुवाकोट आइपुगेको हो । गोरखाबाट धादिङको आरुघाट, भ¥याङभुरुङ हुँदै आएको सेनाको टोलीले एकीकरण निशान र झण्डा ल्याएको थियो । उनीहरुलाई स्थानिय जनप्रतिनिधि र नुवाकोटको स्थानिय क्षेत्रमा रहेका सैनिकले स्वागत गरेका थिए ।
उनीहरुलाई स्वागत गरि नुवाकोटको जवरजंग गणले निशान र झण्डा बुझेको थियो । एकीकरण अभियानमा सहसेनानी सरोज खड्काको नेतृत्वमा ४० जना सैनिक टुकुडि सहभागि भएका थिए । एकीकरण अभियानलाई स्वागत गर्न नेपाल भुतपुर्व सैनिक संघ नुवाकोटका पदाधिकारी र भुपु सैनिक सहकारी संघ नुवाकोटका पदाधिकारी समेत विदुर नगरपालिका वडा नम्ब १३ कागुनेमा पुगेको थियो । एकीकरण अभियानमा आएका सैनिकहरुलाई नेपाल भुतपुर्व सैनिक संघ नुवाकोटका पदाधिकारी र भुपु सैनिक सहकारी संघ नुवाकोटका पदाधिकारीको टोलीले खाजा र नास्ताको व्यवस्था गरेको भुतपुर्व सैनिक संघ नुवाकोटका सचिव राजकुमार आचार्यले जानकारी दिए ।
कार्यक्रममा भुतपुर्व सैनिक संघ नुवाकोटका अध्यक्ष गगनसिंह गुरुङसहितका पदाधिकारीको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया