मुत्तिनाथ विकास बैंकबाट कारोवार गरेका बेलकोटगढीका कुमार तामाङले जिते रेडमी मोबाइल
नुवाकोट । मुत्तिनाथ विकास बैकंले दर्शै–तिहारमा आयोजना गरेको डिजिटल बैकिङ्ग प्रोत्सहन अभियानको विजेता नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का कुमार तामाङ भएका छन् ।
कोरोना महामारीको समयमा डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न आयोजना गरिएको दशैं–तिहार डिजिटल बैकिङ्ग अभियानमा उनी देशभरबाटै उत्कृष्ट छानिँदै रेडमी–९ मोबाइलको विजेत बनेको मुत्तिनाथ विकास बैंक लिमिटेड बटर शाखाका शाखा प्रबन्धक माधव अधिकारीले जनाकारी दिए । उनीसँगै देशभरका अन्य दुई सहभागि समेत अन्तिम ३ का लागि छनोटमा परेका थिए । स्टेसनरी व्यवसाय गर्ने तामाङले दैनिक २० पटकभन्दा बढी मोबाइल बैकिङ्गको माध्यमबाट कारोवार गरेको बट्टार शाखाका प्रबन्धक अधिकारीले बताए ।
नेपाल राष्ट्र बैंकबाट ख वर्गको राष्ट्रिय स्तरको विकास बैकंको मान्यता पाएको मुत्तिनाथ विकास बैंकले हाल एकसय ३८ औ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ । नुवाकोटमा एकवर्षअघि बट्टारमा शाखा संचालन शुरु गरेको मुत्तिनाथ विकास बैंकको हाल २५ सयभन्दा बढी ग्राहक रहेका छन् ।
बट्टार शाखामार्फत बैंकले २२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ भने ११ करोड निक्षेप संकलन गरेको बैकका शाखा प्रबन्धक माधव अधिकारीले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने
बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित





प्रतिक्रिया