रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन
नुवाकोट । नेपाल–चीन ऊर्जा सहकार्यका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको प्रगतिमा ढिलाइ हुँदै गएको छ । दुई देशका अधिकारीबीच तोकिएको बैठक बस्न नसक्दा काममा अपेक्षित प्रगति हुन नसकेको हो ।
दुई देशका अधिकारीबीच सेप्टेम्बर २०२० (भदौ १५–कात्तिक १५) भित्र ऊर्जा क्षेत्र हेर्ने प्राविधिक अधिकारीबीच बैठक हुनुपर्ने थियो । तर, कोरोना महामारीका कारण बैठक अझै निश्चित हुन सकेको छैन । ‘महामारीका कारण बैठक बस्न नसक्दा अपेक्षित प्रगतिमा ढिलाइ हुँदै गएको हो,’ रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले भने । उनका अनुसार भर्चुअल माध्यमबाट भए पनि चाँडै मिति तय हुन सक्ने सम्भावना भने छ ।
अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा दुई देशबीच समझदारी भए पनि अन्य विषय यथावत् रहेका छन् । विशेष गरी दुई देश जोड्ने आयोजनाको वित्तीय मोडालिटी (लगानी) र डिजाइन के हुने भन्ने निश्चित हुन सकेको छैन । ‘जसका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने अन्योल छ,’ आयोजना प्रमुख आत्रेयले भने । यो विषयमा स्पष्ट नभई आयोजना अघि बढाउन सकिने अवस्था नभएको उनको भनाइ छ ।
दुई पक्षबीच बैठक हुन नसके पनि नेपालीले नेपाली भूभागमा पर्ने ७० किलोमिटरमा भने रेखांकन छोडेर सम्भाव्यता अध्ययन सकेको छ । रेखांकनको विषय दुवै देशबीच सहमतिपछि मात्र तय गर्न सकिने भएकाले रेखांकन गर्नेबाहेकको सम्भाव्यता अध्ययन गरेको छ ।
त्यस्तै, वातावरणीय अध्ययनका लागि परामर्शदाता नियुक्त गरेको छ । कुल १४ महिनाको अवधिमा सम्पन्न गर्ने गरी परामर्शदाता नियुक्त गरेको हो । तर, कोरोनाका कारण नुवाकोट, रसुवामा स्थानीयसँग गर्नुपर्ने सार्वजनिक सुनुवाइलगायतका काम हुन सकेका छैनन् । ‘परामर्शदाताले फिल्डमा गएर काम गर्न पाइरहेको छैन,’ आयोजना प्रमुख आत्रेयले भने ।
यस आयोजनामा केरुङदेखि जिलोङ काउन्टीसम्म ७९ किलोमिटर र नेपाली भूभागमा धादिङको रातमाटेदेखि केरुङसम्म ७० किलोमिटर लम्बाइ रहेको छ । नेपाली भूभागमा करिब २ सय १४ वटा टावर निर्माण गर्नुपर्ने अनुमान छ । आयोजनालाई अघि बढाउनेबारे दुईपटक दुई पक्षबीच बैठक भइसकेको छ ।
यसअघि प्रसारण लाइनबारे नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाबीच पहिलो बैठक ०७५ भदौ १२ देखि १४ सम्म बेइजिङमा भएको थियो । छलफलमा नेपालले आफ्नो देशको र चीनले नेपालसँग विद्युत् आदान–प्रदान गर्ने सीमा जोडिएको तिब्बतको ‘पावर ब्यालेन्स स्टडी रिपोर्ट’ तयार पार्ने सहमति भएको थियो । यस सहमतिअनुसार नेपालले आफ्ना तथ्यांकहरू चिनियाँ पक्षलाई उपलब्ध गराएको आयोजना प्रमुख आत्रेयले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया