नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ४३ पुग्यो

विदुर खबर २०७७ मंसिर २७ गते १६:१४

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ४३ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ४३ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तम खनालका अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाको पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ पुरुष र ३ महिला रहेका छन् । उनीहरु सबै विदुर नगरपालिकाका स्थानिय रहेको सुचना अधिकारी खनालले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ सय ८८ पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका ८ हजार ६५ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये ७ हजार १ सय १२ जनाको रिर्पाेट नेगेटिभ आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

हालसम्म नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया