नुवाकोटमा हरिबोधनी एकादशी, उत्तरगया बेत्रावतीमा भक्तजनको भिड


नुवाकोट । आज हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा विभिन्न घाटमा विभिन्न थरीका फूलहरुलाई उनेर बनाएको तोरणलाई नदी, कुवा, तलाउ, धारामाथि टाँगिएको छ ।
नुवाकोटको देवीघाट र गणेशस्थानको माछापोखरीका घाटमा मेला लागेको छ भने महादेव र देवीका मन्दिर र नारायण मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । यो वर्ष तिथीका हिसाबले बिहिबार हरिबोधनी एकादशी परेकाले भक्तजनले सो पर्व मनाइरहेका छन् । त्यसैगरी रसुवाको बेत्रावती (नेपालको उत्तरगया) मा ठूलो मेला लागेको छ । गए राति धार्मिक अनुष्ठानका साथ भगवान सत्यनाराणको पूजा गरी बत्ति (मादि) बाली, बावियोको डोरीमा विभिन्न फूलहरु उनेर बनाइएको तोरणलाई कुवा, धारा र नदीमाथि टाँग्ने र बालिएको बत्ति(मादी) सेलाएका छन् ।
यसै परम्परा अनुसार उत्तरगयामा भक्तजनहरु ओइरएका छन् । हिमवत् खण्डमा उल्लेख भए अनुसार भगवान शिवले समुन्द्र मन्थनबाट निस्केको कालकुट विष निल्ने क्रममा घाँटी पोलेपछि यही बेत्रावती(उत्तरगया) मा बेतको लठठीले खोस्रेर तप्त नदीको पानीले घााटीको डाह कम गरेको विश्वास गरिन्छ । उत्तरगया रसुवा र नुवाकोट जिल्लाको त्रिवेणी धाम (त्रिशूली नदी, फलाखु र सलाखु खोला) समेत भएकोले हरिवोधनी एकादशीमा फूल तार्न ठूलो संख्यामा भक्तजनहरु यही उत्तरगया घाटमा आएका छन।
आजको दिनमा नदी, कुवा, धारामा फूल तार्नाले मनोकांक्षा पूरा भई स्वर्गवास पाइने धार्मिक विश्वास रहिआएको छ । त्यसैगरी आज नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिर र त्रिशूली र तादीको दोभान देवीघाट, गणेशस्थान माछापोखरी घाट, समुन्द्रटारको घाट, रावतबेसीको घाट, शिखरवेसीको दुप्चेश्वर मन्दिरको घाट, तारुका घाट लगायतका घाटमा भव्य मेला र फूल तार्ने भक्तजनको भिड लागेको छ ।
धार्मिक मान्यता अनुसार आजैको दिन भगवान विष्णु समुन्द्रबाट उठेर वैकुण्ठधाम जाने जनविश्वास छ भने विष्णु भगवानको प्रतीकका रुपमा साँझ तुलसीका मठलाई सप्तरंगी टिकाले सिंगारेर तुलसीलाई पूजा (विवाह) गर्ने चलन रहिआएको छ । आजको दिनमा अन्नबाली भन्दा फलार (फलफूल) खाने चलन छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया