नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ सय पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ सय पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ११ जनामा कोरोना संक्रमित भेटिएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ सय पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्ला २४ घण्टामा जिल्लाका ९४ जनाको स्वाब संकलन गरेकोमा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका विदुर नगरपालिकाका ८ जना, बेलकोटगढी नगरपालिका, पन्चकन्या गाउँपालिका र तारकेश्वर गाउँपालिकामा समान एक एक जनामा कोरोना भाइरसका संक्रमित देखिएका हुन् । खनालका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका २७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यससँगे नुवाकोटका कोरोनामुत्त हुनेको संख्या ५ सय ५७ पुगेको छ । यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको छ । संक्रमितमध्ये २ सय ३६ जना होम आइसोलेसनमा, ५ जना अस्पतालमा र एकजना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
हालसम्म नुवाकोटमा कोरोना भाइरसको कारण एक महिलाले ज्यान गुमाएकी छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया