नुवाकोटमा आजदेखि कक्षा १२ को परिक्षा शुरु
नुवाकोट । कोभिड–१९ कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा नुवाकोटसहित आज देशभर शुरु भएको छ ।
देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ । परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिनुभयो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको बोर्डको भनाइ छ ।राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ । त्यसका लागि सम्बन्धित विद्यालयले विद्यार्थीलाई प्रवेशपत्र पठाउनुपर्नेछ । त्यसरी घरपायक फरक जिल्लाबाट परीक्षा दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको बोर्डको भनाइ छ । परीक्षा शुरु भएपछि अन्यलाई प्रवेशमा रोक लगाइएको छ । केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।
विद्यालयले हेल्थ सेन्टर राख्नुपर्नेछ । बोर्डका अध्यक्ष प्राडा पौडेलले आजबाट शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । ‘हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पुगिसकेका छन् अन्यको हकमा विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाउनेछौं।’ –अध्यक्ष प्राडा पौडेलले भन्नुभयो ।
प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्डको व्यवस्था गरेको छ । कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था छ । यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ ।‘अनिवार्य विषयका करिब ५ सेट प्रश्नत्रप तयार पारेका छौं।’ –अध्यक्ष प्राडा पौडेलको भनाइ छ । बोर्डले कोभिड संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ ।
बोर्डले परीक्षा सञ्चालन कार्यविधिमा उल्लेख भएअनुसार परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिइसकेका छन् । अमर्यादित क्रियाकलाप रोक्न सबै सुरक्षा निकाय परिचालित हुनेछन् । परीक्षा अनुगमन र निगरानीका लागि बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरिएको छ । बोर्डका अध्यक्ष प्राडा पौडेल, सदस्य सचिव दुर्गा अर्याल, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा र तीनै सुरक्षा निकायका अधिकारीले सो रुमबाट परीक्षाको अवस्थाबारे सोधपुछ गर्नेछन् ।
परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गर्नेछ । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । मंसिर ९ देखि सो परीक्षा १६ गतेसम्म हुनेछ । बोर्डले यो वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ ।
कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिनेछ । बोर्डले परीक्षा सकिएको एक साताभित्र सबै उत्तरपुस्तिका परीक्षण गरी अंक पठाउन निर्देशन दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया