भ्रमपूर्ण समाचारप्रति ककनी गाउँपालिकाको आपत्ति

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्षलाई जोडेर गाउँपालिकामा चरम भ्रष्टचार गरेको भन्ने समाचार भ्रमपूर्ण भएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ ।
शनिवार नवकान्तिपुर डट कम नामक अनलाइनले ककनी गाउँपालिकामा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित) भन्ने समाचार प्रकाशन गरेको थियो । जननिर्वाचित प्रतिनिधि तथा ककनी गाउँपालिकाका अध्यक्षबाटै गाउँपालिकामा जम्मा भएको राहत सामग्री अनियमितता भएको पाइएको छ । कोरोनाबाट प्रभावित आर्थिक तथा सामाजिक रूपमा पिछडिएको वर्गलाई वितरण गर्न भनेर गाउँपालिकामा जम्मा भएको खाद्यसामग्री चामल र तेल पालिका अध्यक्ष मानबहादुर लामाले अवैध रूपमा बिक्री गर्नका लागि ट्रकमा लोड गर्दै गर्दा स्थानीय जनताहरूले थाहा पाई रोकेको कुरा उक्त अनलाइनमा प्रकाशन गरिएको छ ।
गाउँपालिकाले आईतबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा राजनैतिक र व्यक्तिगत चरित्र अत्या हुने गरि समाचार प्रकाशन गरेको उल्लेख गरेको छ । लकडाउनको समयमा गाउँपालिकावासीलाई भनेर ल्याईएको चामल प्रकृयागत रुपमा बाडेर बाकिँ रहेको चामको बोरा च्यातिएर बिग्रन गई चामल उपयोग गर्न नमिल्ने भए पछि चामल श्री डि.एम. सप्लायर्सका प्रोपाइटर कृष्णमान डंगोलले सट्टापट्टा गरि ल्याउन खोज्दा मंसिर २ गते अन्दाजि ९ बजे तिर नेपाली काँग्रेस गाउँपालिका सभापति अशोक तामाङ (सुवोल) को नेतृत्वको टोलिले अप्राकृतिक तरिकाले हुलदल सहित गालि गलौच गरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ गाउँपालिकाले निकालेको विज्ञप्ती
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने
बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु





प्रतिक्रिया