लघु उद्यमी समूह नुवाकोटको अध्यक्षमा पुन: थापा

विदुर खबर २०७७ कार्तिक १९ गते १९:०८

नुवाकोट । जिल्ला लघु उद्यमी समूह संघ नुवाकोटको १३औँ साधारण सभा तथा ५औँ अधिवेसनबाट पुनः गीता थापा अध्यक्षमा चयन हुनुभएको छ ।

Advertisement

कोरोना भाइरस महामारीको बिच सिमित साधारण सदस्यहरुको सहभागितामा आयोजित एक कार्यक्रमको विच थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । कार्य समितिको उपाध्यक्षमा ठाकुर भण्डारी, सचिवमा रामचन्द्र न्यौपाने, सह–सचिवमा मकुन्दप्रसाद रिमाल, कोषाध्यक्षमा सूर्य जिम्बा रहेका छन् ।

यस्तै सदस्यहरुमा प्रकास तामाङ, तुलषा नेपाल, दोर्जे लामा, रामभक्त राई, भैरवबहादुर सुनार र देवीमाया बराकोटी रहेका छन् । संघको कार्यसमितिमा १२ वटै स्थानीय तहको प्रतिनिधित्व गर्ने उद्यमीहरुलाई समेट्ने लक्ष्य रहेकोले १५ सदस्यीय बनाइने संघका सचिव रामचन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।

Advertisement

विसं २०६२ सालदेखि जिल्लाभित्र रहेको लघु उद्योमीहरुको हकहितको आवाज उठाउदै आइरहेको छ । लघुउद्यमीहरुले उत्पादन गरेको बस्तुको बजारीकरण, उत्पादनमा आधुनिक प्रविधिको पहुच पुराउनुको साथसाथै लघु कर्जामा पहुच पुराउने काम जिल्ला लघु उद्यमी समूह संघले गर्दै आइरहेको सचिव न्यौपानेले बताउनुभएको छ । उद्यमशिलताको मार्फत लघुउद्यमीको सिर्जना र विकास गराउन संघले सहयोग गर्दै आइरहेको उहाँको भनाई छ ।

जिल्ला भर गरी करिव ७ हजार जना लघु उद्यमी संघमा आवद्ध भएका छन् । जिल्ला लघु उद्यमी समूह संघको १३औँ साधारण सभा तथा ५औँ अधिवेसन कार्यक्रममा निवर्तमान अध्यक्ष कान्छामान तामाङ लगायत जिल्लामा रहेका लघु उद्यमीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया