नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४८ पुग्यो
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकाका एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय ७४ पुगेको छ ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार संक्रमितमध्ये ४ सय १० परुष र एकसय ६४ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका ६३ जनाको स्वाब संकलन गरिएको उनले बताए । नुवाकोटका २ सय २३ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । जसमा एकसय ७१ पुरुष र ५२ महिला रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । यस्तै कोरोना भाइरसको कारण नुवाकोटमा एक जनाले ज्यान गुमाएका छन् ।
हालसम्म नुवाकोटका ६ हजार ४ सय ७६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया