नुवाकोटमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
नुवाकोट । कोरोना संक्रमणबाट नुवाकोटमा पहिलो पटक एक महिलाको मृत्यु भएको छ ।
शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेकी ६१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोट स्रोतले जानकारी दिएको छ ।काठमाण्डौमा उपचारको लागि लगिएकी उनको घर फर्कने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । उनी दिर्घ रोगी समेत रहेको बताइएको छ ।
त्यस्तै शिवपुरी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु के.शीले पनि गाउँपालिकामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि गरिन् । मृतक महिलाको वारेमा आफुलाई जानकारी नभएको तर मृत्यु भने भएको हो उपाध्यक्ष केसीले भनिन् ।
यदपि यस विषयमा स्वास्थ्य कार्यालय नुवाकोटको औपचारिक धारणा भने वाहिर आएको छैन । यस विषयमा कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले कार्यालयमा पनि अपुष्ट खबर आएको तर आधिकारीक जानकारी नआएको बताए ।
खनालले भने “आज शनिवार कार्यालय विदाको समय भएकोले पनि आधिकारीक सुचना पाउन समस्या भइरहेको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको विषयमा आफुहरुलाई पनि विभिन्न माध्यमबाट जानकारी आएकोले सम्बन्धित निकायमा सोधपुछ गरिरहेको छु, उनले भने ” ।
यसअघि नुवाकोट घर भई काठमाण्र्डौ बस्दै आएका दुईजना कोरोना संक्रमतिको मृत्यु भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया