जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल नोटिस बोर्ड जडान

नुवाकोट । स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन भन्ने मूल नाराका साथ मनाउन लागिएको १७ औं निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल नोटिस बोर्ड जडान गरिएको छ ।
दिवसको अवसरमा राखिएको उक्त वोर्ड १४.२ फिटको रहेको छ । सो बोर्डमा मिति, समय, तापक्रम, जिल्लामा सरकारी निकायबाट हुने प्रमुख कार्यक्रमहरू, जिल्ला भित्र कुनै स्थानमा विपदका घटना भएमा, भ्रष्टचार लगायतका अन्य कुनै विषयमा गुनासो भएमा जानकारी दिने सम्पर्क नम्बर, सूचना अधिकारीको नाम र सम्पर्क नम्बर, राहदानी तयार भई आएको विवरण, द्रुत राहदानी सिफारिसको लागि आवश्यक फाराम जिल्ला प्रशासनको राहदानी शाखाबाट निःशुल्क उपलब्ध गराइने विषय, स्थानीय तहबाट सिफारिस भै आएको कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालयमा पेश गर्दा निवेदन दिइरहनु नपर्ने विषय सहित जिल्ला प्रशासन कार्यालय नुवाकोटको वेवसाइट, इमेल ठेगाना लगायतका सूचना राख्न सहज हुने भएको छ । यस प्रकारको सूचना वोर्डबाट सेवाग्राही जनसमुदाय र अन्य सम्बद्व सबै लाभान्वित हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।
प्रविधि तथा जनमैत्री प्रशासनतर्फ यात्राको क्रममा डिजीटल हाजिरी, डिजिटल नागरिक बडापत्र, सिसि क्यामरा अनि सेवा ग्राही जनसमुदायका लागि निःशुल्क फोटोकपी सेवा पश्चात् डिजीटल नोटिस बोर्ड र निजी क्षेत्रका उत्तम अभ्यास सार्वजनिक क्षेत्रमा अवलम्वन गर्ने प्रयास गरिएको प्रजिअ ढकालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला





प्रतिक्रिया