अधिकारवादी र नेतालाई जेल हालेको विरुद्धमा प्रदर्शन
(रासस÷एएफपी),अधिकारवादी र नेताहरुलाई जेल सजाय गरेको विरोधमा मोरक्कोमा व्यापक प्रदर्शन भएको छ ।
मोरक्कोको राजधानी रबातमा आइतबार भएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएको एएफपीले जनाएको छ । उनीहरुले ती अधिकारवादी र नेताहरुलाई जेलमुक्त गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले आफ्नो देशमा अदालतले नै अन्याय गरेको टिप्पणी पनि गरेको समाचारमा उल्लेख गरिएको छ ।
सन् २०१६ र २०१७ मा भएको अत्यन्त लोकप्रिय आन्दोलनको नेतृत्व गरेको अगुवा अल हिरक अल सावीका नेता र अधिकारकर्मीहरुलाई थुनामा राखिएको विरोधमा उनीहरुका समर्थकहरुले प्रदर्शन गरेका हुन् । मोरक्कोको अदालतले यही जुन २६ मा हिरकका सदस्य र अधिकारकर्मीसहित ५३ जनालाई जेल सजायको फैसला गरेको थियो । उनीहरुलाई एक वर्षदेखि २० वर्षसम्मको जेल सजाय तोकिएको अधिकारीहरुले जनाएका छन् ।
आन्दोलनका नेता नासिर जेफ्जाफी र अरु तीन जनालाई २०÷२० वर्ष जेल बस्नु पर्नु फैसला अदालतले गरेको हो । जेल सजाय तोकिएकालाई मुलुकको कानून उल्लंघन गरेको, सुरक्षा व्यवस्थामा खलल पु¥याएकोलगायत अभियोग लगाइएको छ । अदालतको सो फैसलाको विरोधमा अधिकारकर्मीले नारा जुलुशसहित मोरक्कोको संसद् अगाडि प्रदर्शन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया