लिखुको चौघडा पुर्ण रुपमा सिल (फोटो फिचर)
नुवाकोट । नुवाकोटमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।
जिल्लामा हालसम्म ७७ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्यसमध्ये ६३ जना निको भएर घर फर्किसकेका छन् । जिल्लागत रुपमा संक्रमितको आधारमा नुवाकोट देशभर ५५ औ स्थानमा रहेको छ । देशको राजधानी काठमाण्डौमा कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्ला समय नुवाकोट पनि डेन्जर जोनमा परेको छ ।
राजधानीसँग सिमान जोडिएका नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका, शिपवुरी गाउँपालिका, पन्चकन्या गाउँपालिका र लिखु गाउँपालिका अझै बढी उच्च जोखिममा परेका छन् । जिल्लाका आधिकांश स्थानमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेको छ ।
लिखु गाउँपालिका वडा नम्म्बर ४ का एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएसँगै लिखु ४ चौघडा सिल गरिएको छ । चौघडा क्षेत्र सिल गरिएसँगै अहिले सो क्षेत्र सुनसान बनेको छ । चौघडा प्रवेश गर्ने विभिन्न नाका सिल गरिएको छ । संभावित जोखिमलाई व्यवस्थापन गर्न लिखु गाउँपालिकाले उच्च सावधानी अपनाएको लिखु गाउँपालिकाको कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया