नुवाकोटको तारकेश्वरमा गाई काटेको आरोपमा ४ युवक पक्राउ
विदुर खबर
२०७७ भदौ ५ गते १७:२७
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ शिरानटोलमा गाई काटेको आरोपमा ४ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ५ काभ्रेभन्ज्याङका ३० वर्षिय चन्द्रबहादुर तामाङ, सुन्जितबहादुर तामाङ, जयबहादुर तामाङ र दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई गाई काटेर लुकाएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ रङ्गेहात पक्राउ गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई “चोरी तथा पशुपंक्षी सम्बन्धी कसुर” मुद्धा दर्ता गरि जिल्ला अदालत नुवाकोटबाट ५ दिन म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया