पात्ले खोलाले वितण्डा मच्चाउँदा सयौ रोपनी धानबाली नष्ट, स्थानिय त्रसित

पात्ले खोलमा आएको बाढीले बगरमा परिणत धानखेत ।
गेर्खुखोला । बिहिबार राती परेको वर्षाको कारण पाल्ले खोलामा आएको बाढीले वितन्डा मच्चाउँदा विदुर नगरपालिका वडा नम्बर १० गेर्खुखोलाको एक दर्जनभन्दा बढी घर जोखिममा परेको छ भने सयौ रोपनी धानबालीमा क्षति पुराएको छ ।
स्थानिय सोहन धमलाका अनुसार बस्तीमा पात्ले खोलाको बाढी पसेपछि एक दर्जनभन्दा बढी घरका स्थानियहरुले पशुचौपायलाई समेत सुरक्षित स्थानमा राखेका थिए । वस्तीमा राती ९ बजेतिर बाढी पसेपछि ३५ जनाभन्दा बढी स्थानियसहित सिमुटार प्रहरीले घरको खाद्यान्नसहित पशु चौपायालाई सुरक्षित स्थानमा राखेका थिए । बाढीले क्षति पुराएको स्थानको आज जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापा लगायत पुगेका थिए ।
यसअघि पनि पात्ले खोलामा आएको बाढीले पटकपटक स्थानियहरुलाई दुख दिएपनि सम्बन्धित निकायले भने समस्या समाधानको लागि पहल नगरेको भन्दै स्थानियबासीले दुखेसो पोखेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया