विदुर नगरपालिकाका थप तीनजनामा कोरोना पुष्टि
विदुर । विदुर नगरपालिकाका थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाको वडा नम्बर १ त्रिशुली क्वारेन्टाइनमा रहेका एकजना र बट्टारमा रहेको होटल सन्ध्याको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्ष्ण गर्दा उनीहरुको पिसिआर पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । संक्रमितहरु १८,२२ र ४६ वर्षका पुरुषहरु रहेका छन् । उनीहरुमध्ये एक दुई जना प्रदेश नम्बर २ र एकजना प्रदेश नम्बर ५ बाट नुवाकोट कामको लागि आएको बताइएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।
त्यस्तै नुवाकोटमा हालसम्म ३७ जनाले कोेरोनालाई जितेर घर फर्किसकेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोट विज्ञप्ती ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया