नुवाकोटमा १० दिनसम्म निषेधाज्ञा जारी,जनजीवन प्रभावित
नुवाकोट । कोरोना भाइरस (कोभिड १९) को संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले शनिबार राति १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यस क्रममा काठमाडौं आउजाउमा कडाई र प्रभावित स्थानीय तहका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । नुवाकोटमा गुर्जेभन्ज्याङ, पासाङ ल्हामुमार्गको त्रिशूली–बालाजु खण्ड र त्रिशूली–गल्छीसहित तीन नाकाबाट ओहोरदोहोर हुन्छन् ।
प्रशासनको आदेशको बर्खिलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रजिअ ढकालले चेतावनी दिए । उनले औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममाबाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन अनुरोध गरे । त्यस्तै एम्बुलेन्स, खाद्यान्न, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन भने सञ्चालन गर्न पाइने छन् । तर सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालनमा रोक लगाइएको छ ।
खाद्यान्न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्ने अनुमति दिइएको छ । प्रशासनले स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरुबाहेक बैंक, वित्तीय संस्था, सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा संचालन रोक लगाएको छ । जिल्लाका सबै स्थानीय तहमा धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतबन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने क्रियाकलापहरुमा रोक लगाएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्लामा शुक्रबार एकैदिन ८ जना संक्रमित फेला परेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया