नुवाकोट प्रशासनले हप्तामा दुई दिनमात्र सेवा दिने

नुवाकोट । जिल्ला प्रशासन कार्यालय कोरोनो भाइरसको जोखिम बढ्दै गएपछि सेवा प्रवाहको समय कटौती गरेको छ ।
प्रशासनले कार्यालय समयमा आउने सबै नागरिकलाई सेवा प्रवाह गरिरहेकोमा आगाी आइतबारबाट जिल्लाका एक स्थानीय तहका नागरिकलाई हप्तामा दुई दिनामात्र सेवा दिने भएको छ । १२ वटा स्थानीय तह रहेको जिल्लामा हरेक दिन ४ वटा पालिकाका नागरिकलाई मात्र सेवा दिने गरी तालिका सार्वजनिक गरेको छ । आगामी आइतबारबाट जिल्ला प्रशासन कार्यालयले हरेक दिन ४ वटा स्थानीय तहका नागरिकलाईमात्र सेवा दिने भएको हो । एउटा स्थानीय तहका नागरिकले हप्तामा २ दिन सेवा लिन पाउने छन् ।
प्रशासनले सार्वजनिक गरेको तालिका अनुसार आइतबार र बुधबार विदुर नपा, सूर्यगढी, तादी र दुप्चेश्वर, सोमबार र विहीबार बेलकोटगढी नपा, तारकेश्वर, म्यागङ र किस्पाङ, मंगलबार र शुक्रबार पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने भएको हो ।
तोकिएको बारमा सेवा लिनको लागि टेलिफोनमा सम्पर्क गरी टोकन लिएरमात्र तोकिएको समयमा आउनु पर्ने प्रशासनले जनाएको छ । विहान ९ बजेदेखि साँझ ६ बजेसम्म ९८४९३७४१७७ नम्बरमा फोन गरेर समय लिनु पर्ने प्रशासनले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया