नुवाकोट प्रशासनले हप्तामा दुई दिनमात्र सेवा दिने

विदुर खबर २०७७ साउन २३ गते १०:३१

Advertisement

नुवाकोट । जिल्ला प्रशासन कार्यालय कोरोनो भाइरसको जोखिम बढ्दै गएपछि सेवा प्रवाहको समय कटौती गरेको छ ।

प्रशासनले कार्यालय समयमा आउने सबै नागरिकलाई सेवा प्रवाह गरिरहेकोमा आगाी आइतबारबाट जिल्लाका एक स्थानीय तहका नागरिकलाई हप्तामा दुई दिनामात्र सेवा दिने भएको छ । १२ वटा स्थानीय तह रहेको जिल्लामा हरेक दिन ४ वटा पालिकाका नागरिकलाई मात्र सेवा दिने गरी तालिका सार्वजनिक गरेको छ । आगामी आइतबारबाट जिल्ला प्रशासन कार्यालयले हरेक दिन ४ वटा स्थानीय तहका नागरिकलाईमात्र सेवा दिने भएको हो । एउटा स्थानीय तहका नागरिकले हप्तामा २ दिन सेवा लिन पाउने छन् ।

Advertisement

प्रशासनले सार्वजनिक गरेको तालिका अनुसार आइतबार र बुधबार विदुर नपा, सूर्यगढी, तादी र दुप्चेश्वर, सोमबार र विहीबार बेलकोटगढी नपा, तारकेश्वर, म्यागङ र किस्पाङ, मंगलबार र शुक्रबार पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने भएको हो ।

तोकिएको बारमा सेवा लिनको लागि टेलिफोनमा सम्पर्क गरी टोकन लिएरमात्र तोकिएको समयमा आउनु पर्ने प्रशासनले जनाएको छ । विहान ९ बजेदेखि साँझ ६ बजेसम्म ९८४९३७४१७७ नम्बरमा फोन गरेर समय लिनु पर्ने प्रशासनले जनाएको छ ।

Advertisement

प्रतिक्रिया